पथरीशनिश्चरे, ७ मंसिर । मोरङको पथरी शनिश्चरेमा रहेको पथरी ११ फुटबल क्लबले क्यान्सर पीडित एक महिला खेलाडीलाई आर्थिक सहयोग गरेको छ ।मोरङको सुनवर्षी नगरपालिका स्थित केचना घर भएकी २२ बर्षीया कमला श्रेष्ठको पाठेघरमा क्यान्सर भएको पत्ता लागेपछि उनको उपचारका लागि खेल क्षेत्रसँग सम्बद्ध विभिन्न संघ, सस्थाले समेत उपचारमा सहयोग पुर्याउन आर्थिक सहयोग गर्दै आएका छन्।
श्रेष्ठलाई पथरी ११ फुटबल क्लवले उपचारमा सहयोग पुर्याउने उदेश्यले नगद १५ हजार आर्थिक सहयोग गरेको क्लवका अध्यक्ष सुमन विकले बताए।श्रेष्ठ अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत छिन् । उनी केचना फुटबल क्लबकी महिला टिमकी कप्तान हुन् ।