फाल्गुनन्द साकोसको १३ औं साधारण सभा,सम्मान तथा पुरस्कार

दमक,५ मंसिर । दमक १ स्थित फाल्गुनन्द मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले बुधबार १३ औं बार्षिक साधारण सभाको समापनसहित बार्षिकोत्सव मनाएको छ ।
बुधबार दमकस्थित पशुपति सेवा सदनमा औपचारिक कार्यक्रम गरी संस्थाले गत कार्तिक २२ गतेदेखि इकाईगत साधारणसभा शुरु भएको साधारणसभा बुधबार निर्णय एकीकृत तथा माइन्यूट प्रमाणिकरण गर्दै साधारणसभा र बार्षिकोत्सव समापन गरेको व्यवस्थापक कुवेर तुम्बापोले बताए ।
जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष पदम लिम्कू लिङदेन (संकल्प ) को अध्यक्षतामा भएको सभामा संस्थाका उत्कृष्ट कारोबारी सदस्यहरु तथा विभिन्न बचत कर्ताहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
सभामा सञ्चालक समितिका तर्फवाट संस्थाका अध्यक्ष लिङदेनले बार्षिक प्रतिवेदन पेश गरे । संस्थाले प्रस्तुत गरेको प्रतिवेदनमा सासानो पुँजी संकलन र ससाना कर्जा लगानीलाई प्राथमिकता दिएको आएको , ५ लाख भन्दा माथिको कर्जा लगानीमा धितोको अनिवार्य प्राविधिक मूल्याङकन गरिदैआएको र कर्जा बीमा अनिवार्य गरिने जस्ता नीति लिइएको उल्लेख छ ।
झापासहित इलामको चुलाचुली, मोरङको उर्लावारी नगरपालिकामा कार्यक्षेत्र रहेको संस्थामा हाल शेयर सदस्य संख्याको संख्या २३७५ पुगेको छ । त्यस्तै, ३ करोड८६ लाख ७६ हजार ७ सय रुपैया शेयर पूंजी ,१२ करोड ७९ लाख २८ हजार ५९८ निक्षेप , १९ करोड ६९ लाख २३ जार १८० ऋण लगानी , २३ करोड ११ लाख ४१ हजार २२२ रुपैया वासलत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जवेगुले संस्थाले सदस्य केन्द्रीत बचत तथा ऋणको कारोवारसहित विभिन्न सामाजिक, परोपकारी क्षेत्रमा संस्थाको योगदान रहिरहने उल्लेख गरे । उनले ६ बर्षे बाल बचत कार्यक्रमसहित आवधिक बचतका कार्यक्रमहरुलाई प्राथमिकतापूर्वक अघि बढाउने नीति लिएको पनि पशेयर सदस्यहरुलाई १० हजार देखि २५ हजार सम्म औषधि उपचार खर्च दिने, स्वरोजगार कार्यक्रम मार्फत न्यून आय भएका सदस्यहरुलाई न्यून ब्याजदरमा ४२ महिने कर्जा लगानी गर्ने नीति संस्थाले लिएको छ ।
सो कार्यक्रममा दमक नगरपालिका वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणी ओझा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलीप जवेगुले गरेका थिए भने संस्थाकी उपाध्यक्ष फूलकुमारी नेम्बाङ (आङदेम्बे) ले स्वागत मन्तव्य राखेी थिईन् ।

Leave a Reply

Your email address will not be published.