कमल ३ मा खेलकुद विकास समिति गठन

दमक,५ मंसिर । झापाको कमल गाउँपालिका – ३ मा खेलकुद समिति गठन गरिएको छ । वडाअध्यक्ष अग्नीप्रसाद कोइरालाको अध्यक्षतामा मंगलवार बसेको खेलाडीहरुको भेलाले मिलन लिम्बूको संयोजकत्वमा ११ सदस्यीय वडास्तरिय खेलकुद विकास समिति गठन गरिएको हो । सर्वसम्मत निर्वाचित समितिको सहसंयोजकमा केवबहादुर लिम्बू र सदस्यहरुमा चक्रबहादुर मावो,राजेश भुषाल,प्रदिप ठटाल,एकराज श्रेष्ठ चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा दिपक घिमिरे, विजय खतिवडा, नरबहादुर मगर,शुरेस ढकाल र सदस्य सचिवमा देवीप्रसाद फूयाल सर्वसम्मत चयन भएका हुन् ।
वडास्तरिय खेलकुद विकास समितिले वडामा खेलकुदका विभिन्न गतिविधिहरु गरि खेल क्षेत्रको विकासका निम्ति काम गर्ने कमल -३ का वडा सदस्य एङगल गुरुङले बताए ।
कमलका ७ वटै वडामा यसरीनै खेलकुद विकास समिति गठन कार्य भईरहेको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.