दमक,५ मंसिर । दमकमा रहेको पताञ्जली योग समितिले बुधबार दमकमा रक्तदान कार्यक्रम गरेको छ । पताञ्जली योग समितिसहित पशुपति योग साधना केन्द्रको संयुक्त आयोजना तथा दमक महिला समितिकी महामन्त्री रक्षा सुबेदीको जन्मदिनको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ३१ पिन्ट रगत संकलन भएको छ ।
रेडक्रस भवनमा भएको रक्तदानमा योग गुरुहरु सोमनाथ आचार्य, लक्ष्मीप्रसाद श्रेष्ठ, घनश्याम प्याकुरेल, तोयानाथ ढकाल, योग महिला समितिकी महामन्त्री रक्षा सुवेदी लगायतले रगतदान गरेका थिए । सामाजिक कार्यमा सक्रिय सुवेदीले आफनो जन्मदिनलाई योग शिक्षासहित खुला रक्तदान कार्यक्रम गरिआएकी छन् ।
रक्तदानमा पताञ्जली योग कोशी प्रदेश समितिका महामन्त्री लक्ष्मीप्रसाद काफ्ले ,नगर अध्यक्ष तथा जिल्ला सदस्य दुर्गाप्रसाद भण्डारी , नगर सदस्य तोया ढकाल,उमेश घिमिरे लक्ष्मी श्रेष्ठ चन्द्रा श्रेष्ठ ,पशुपति साधनाका संयोजक तथा नगर सदस्य बिक्रम कुमार साह लगायतको उपस्थिति रहेको मिडिया प्रभारी सोमनाथ आचार्यले बताए ।