शिवसताक्षी रनमा लाक्पा र जुही प्रथम

झिलझिले,२ मंसिर । झापाको शिवसताक्षी नगरपालिकामा आज प्रथम शिवसताक्षी रन -२०८१ सम्पन्न गरेको छ । आइतवार भएको विभिन्न उमेर समूहको दौडमा ५ सय ५० जनाको सहभागी रहेको छ । १४ बर्ष मुनि उमेर समूहको पुरुषतर्फ लाक्पा शेर्पा प्रथम र महिलातर्फ जुही राई प्रथम भईन् ।
यस्तै भेट्रान्ड पुरुष तर्फ अभिनारायण अधिकारी र महिला तर्फ जमुना लिम्बू प्रथम र खुल्ला पुरुषतर्फ करण रावल र महिला तर्फ इन्द्रकला नेम्बाङ प्रथम भईन् ।
फेस नेपालको आयोजना तथा नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चौथो हुनेलाई नगर प्रमुख रोशन मेघाहाङ थोप्राले नगद पुरस्कार  प्रदान गरे ।
विजेताहरुले क्रमश नगद १५, १०, ७ हजार र चौथो स्थान लिनेले १ हजार ५ सय नगद सहित मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । दौड कन्काई पुलदेखि शिवसतासीसम्म गरिएको छ । खुल्ला पुरुषको १० किलोमिटर दौड क्षेत्र निर्धारण गरिएको थियो भने अन्यको हकमा ५ किलो मिटर तय गरिएको आयोजक फेस नेपालका सभाध्यक्ष कविराज चाम्लिङ राईले बताए। कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो, चौथो र सान्तवना हुने सहित २७ जनालाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका समाजसेवी आयोजक संस्थाका सल्लाहकार दुर्गा नेम्बाङलाई सम्मान समेत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.