बिर्तामोड,२ मङ्सिर । ट्रकले स्कुटरलाई ठक्कर दिँदा झापाको बिर्तामोडमा एक जना युवतीको मृत्युभएको छ । मृत्यु हुनेमा शिवसताक्षी–७ बस्ने २२ वर्षीया रोजी कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विर्तामोड -२ स्थित रामचोककमा शनिवार साँझ अन्दाजी ६ बजे चारपानेबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना. ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे.१० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते .उनको बिएन्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
स्कुटरको पछाडि बस्ने सोही ठाउँकी २८ वर्षीया सरिता राउत सामान्य घाइते भएकी छन् । दुर्घटनापछि स्कुटर, ट्रक र ट्रक चालक अर्जुनधारा–९ बस्ने ५२ वर्षीय राजकुमार कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।