मुख्यमन्त्री कार्कीद्वारा चिल्ड्रेन पार्कको निरीक्षण

दमक ,१ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको कमल गाउँपालिका–३, सानो केर्खामा निर्माणाधीन चिल्ड्रेन पार्कको निरीक्षण गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्दै विकास निर्माणका विभिन्न योजनाको अनुगमन र निरीक्षण गर्ने क्रममा शनिवार मुख्यमन्त्री कार्कीले निर्माणाधिन चिल्ड्रेन पार्कको निरीक्षण गरेका हुन् ।
पार्कको निरीक्षणपछि उनले शहरी विकास कार्यालय, इलामका प्रमुख मिलन आचार्यलाई स्थानीय बासिन्दासँग सहकार्य गरी काम गर्न निर्देशन दिएका छन् ।
वडा अध्यक्ष अग्निप्रसाद कोईरालाका अनुसार पार्क १२ कठ्ठा क्षेत्रफलमा निर्माण भईरहेको छ ।पार्कमा स्विमिङ पुल, बच्चाहरूका लागि खेल्ने विभिन्न सामग्री, चमेना गृह, खुला जिमखाना जस्ता सुविधाहरू राख्ने प्रस्ताव गरिएको छ ।
गत वर्ष पर्यटन मन्त्रालय विराटनगरको २५ लाख रुपैयाँ लागतमा पार्कसम्म पुग्नका लागि ५८ मिटर लामो र साढे ३ मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।
चिल्ड्रेन पार्कको निरीक्षणपछि मुख्यमन्त्री उनले क्षेत्रका कार्यकर्तासँग भेटघाट गरी विकासका गतिविधिमा जनसहभागिता बढाउन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published.