महासचिव भट्टराईको नेतृत्वको जेसीज टोली चितवन प्रस्थान

दमक ,२९ कार्तिक । चितवनको देवघाटमा आजदेखि शुरु हुने जेसीआई नेपाल एकाडमी -२०२४ राष्ट्रिय स्तरको कार्यक्रममा सहभागि हुन दमक जेसीजको एक टोली त्यसतर्फ गएको छ ।
दमक जेसीजका महासचिव सहदेव भट्टराईको नेतृत्वमा ७ सदस्यीय बोर्ड टोली त्यसतर्फ प्रस्थान गरेको हो । जेसीज सदस्यहरुको नेतृत्व क्षमता विकास सम्बन्धी तीनदिने राष्ट्रिय स्तरको तालिममा सहभागि हुन उनीहरु त्यसतर्फ गएको दमक जेजीजले जनाएको छ ।
चितवनको देवघाट जेसीजको व्यवस्थापनमा हुने तालिममा सहभागि हुन महासचिव भट्टराईसहित सरोज ढकाल, साजन श्रेष्ठ,रुबल अधिकारी, लोकनाथ सापकोटा ,राजेन्द्र बिमली र पुजन चौधरी सम्मिलित छन् ।
टोलीलाई बुधबार साँझ दमक जेसीजका अध्यक्ष आरसी अधिकारीले विदाई गरेका हुन् । तालिममा जेसीआई भारतकै उत्कृष्ठ प्रशिक्षक सेन प्रमोद कुमार,निशा चन्डक र नेपाल जेसीजका प्रशिक्षक सेवक बजगाई लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुले सहजीकरण गर्ने छन् । आजदेखि शुरु हुने सो कार्यक्रम तीनदिन सम्म चल्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published.