तरुण दलले बनाइदियो मेहराको घर

भद्रपुर,२५ कार्तिक । नेपाल तरुण दल भद्रपुर नगरपालिका वडा नं–५ को पहलमा भद्रपुर–५ ठण्डा बस्तीमा निर्माण गरिएको मेहरा दायरीको घर परिवारलाई हस्तान्तरण गरिएको छ ।
लगभग पाँचलाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त घर भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले मेहरा दायरीलाई हस्तान्तरण गरे ।
तरुण दलका वडा सभापति इन्द्र नेपालको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरुले घरबारबिहीन ब्यक्तिको घर निर्माण गरिदिएर तरुण दलले अत्यन्तै सराहनीय काम गरेकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा कांग्रेसका महासमिति सदस्य विजय रिजाल, उद्योगी टिकाराज ढकाल, नेपाल तरुण दल केन्द्रीय सदस्यद्वय श्याम सिटौला र राजेन्द्र उप्रेती, भद्रपुर–५ का वडाअध्यक्ष बन्धु कार्की, भद्रपुर–६ का वडाध्यक्ष रतिया राजवंशी, भद्रपुर–८ का वडाध्यक्ष मनोज सुब्बा (गौरव), नेपाल विद्यार्थी संघ झापाका अध्यक्ष सञ्जय निरौला तरुण दल क्षेत्रीय सभापति खड्ग सुब्बा, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.