झापा, २४ कात्तिक । झापाको मेचीनगरमा कारसंग ठोक्किएर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मेचीनगर ७ बस्ने २५ वर्षीय राजमान बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहीवार राति ११।३० बजे मेचीनगर नगरपालिका ७ टोकला चिया बगानस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए–८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो ।दुर्घटनामा घाइते उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा लगेर उपचार भइरहेकोमा उपचारको क्रममा गएराति ९ः२५ बजे मृत्यु भएको हो ।
मोटरसाइकल,कार र कार चालक रामेछाप खाँडादेवी गाउँपालिका वडा नं।४ बस्ने ३४ वर्षीय दिनेश कँडेल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।