बैंकिङ कसुर मुद्धामा एक महिला पक्राउ

झापा ,२० कार्तिक। बैंकिङ कसुर मुद्धामा फरार रहेकी झापाको अर्जुनधारा नगरपालिका– ६ दासपुलकी ५८ वर्षीया मुना श्रेष्ठ पक्राउ परेकी छन् ।उनकै घरबाट श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव  उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

बैंकिङ कसुर मुद्धामा श्रेष्ठलाई उच्च अदालत पाटनको २०७३ जेठ २७ गतेको फैसलाले १ दिन कैद र २ लाख २० हजार जरिवाना र सोही अदालतको २०७९ साउन २३ गतेको फैसलाले १८ दिन कैद र ५ लाख जरिवाना तोकेको थियो ।

Leave a Reply

Your email address will not be published.