दमकमा ११६ औं लक्ष्मी जयन्ती मनाईयो

दमक,१५ कार्तिक । ११६ औं लक्ष्मी जयन्तीका अवसरमा साहित्य कला सङ्गम  र प्रतिभा निकेतन दमकले संयुक्त आयोजनामा वहिबार दमकमा विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
लक्ष्मी जयन्तीका अवसर पारेर विगतका वर्षझै यसवर्ष पनि दमक -६ स्थित देवकोटामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरि उनको साहित्यीक जीवनी माथि चर्चा गरिएको थियो ।कार्यक्रममा स्रष्टाहरुले देवकोटा सम्बन्धि रचनाहरु वाचन गरेका थिए ।रचना वाचन गर्ने स्रष्टाहरुमा बिन्दु दहाल मुकदर्शक,ओमप्रसाद खनाल,मेघनाथ बन्धु, यादवप्रसाद अधिकारी झाक्रिखोले ,विवेक दुलाल क्षेत्री, अम्विका सापकोटा रहेका थिए ।
दमक ६ का कार्यबाहक वडाध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका पूर्व अध्यक्ष खेमलाल पोख्रेलको बिशिष्ठ आतिध्यता रहेका थियो ।कार्यक्रममा स्रष्टाहरु डा. लेखनाथ न्यौपाने, दुर्गा काफ्ले , बिरेन्द्र खडका,गोपाल दहाल, प्रकाश भण्डारी ,रधुनाथ भण्डारी,लता मिश्र ,ईन्दिरा भण्डारी, रामकुमार उपाध्याय , भुपेन्द्र तिम्सिना, हिमाल सुब्बा,गणेश गौतम, नारायण कृष्ण भण्डारी,नेत्र दहाल ,भक्तादेवी दहाल लगायतको उपस्थिति रहेको थियो ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.