दमक ,११ कर्तिक । दमक -६ गणतन्त्र चौंकस्थित विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले सम्मान तथा पुरस्कार प्रदान गरि शनिवार आफनो १३औं बार्षिक सााधारणसभा सम्पन्न गरेको छ ।
संस्थाको आफनै सभाहलमा एक कार्यक्रम गरि संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरि साधारणसभा सम्पन्न गरेको हो
संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा भएको सभाको उद्घाटनमा संस्था भित्र गएको बिषयगत क्षेत्रमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गर्नुका साथैं ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान प्रदान गरिएको व्यवस्थापक हरिप्रसाद दाहालले बताए ।
उनका अनुसार खगेन्द्रकुमार श्रेष्ठ , डम्बरप्रसाद लिम्बू ,नर्मदा भट्टराई र यामनाथ आचार्य लगायतका ज्येष्ठ शेयर सदस्यहरुलाई खादा ओढाएर सम्मान पत्रले सम्मानित गरिएको छ ।
त्यसैगरि, बालबचतबाट दियान मगर, सिद्धार्थ गुरुङ ,क्रमिक बाल बचततर्फ नुनाम आङ्बोहाङ तथा दैनिक बचततर्फ बिपुल सुबेदी , कविता राई र गोपाल शाह ,क्रमिक बचततर्फ झरना लक्सम, उमंग राई, कृष्णप्रसाद दंगाल ,अनिबार्य नियमित बचततर्फ हिरा श्रेष्ठ , बृन्दादेवी बाँस्कोटा, दैनिक असल ऋण कारोबारतर्फ कबिता बाँस्कोटा, कोपिला राई र नरेश पोद्दार ,मासिक असल ऋण कारोबारतर्फ पम्पा राई र अबिनाश बाँस्तोला गरि १६ जना शेयर सदस्यहरु पुरस्कृत भएका हुन् । त्यस्तै, संस्थाका कार्यरत बजार प्रतिनिधि मिरा भण्डारीलाई यसवर्षको उत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरिएको छ भने सहकारी पत्रकारिता पुरस्कारबाट दमकका उदयीमान पत्रकार अनिलदेव राईलाई पुरस्कार प्रदान गरिएको छ ।
सभामा संस्थाकी उपाध्यक्ष सम्झाना सावाँले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थाको सञ्चालक समितिका तर्फबाट अध्यक्ष राईले बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फबाट लेखा समितिका संयोजक खेमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
संस्थाका सचिव सुमनकुमार राईले सञ्चालन गरेको सो सभाको उद्घाटनमा प्रमुख अतिथि गुरागाई, सर्बेश्वरी कृषि सहकारी संस्थाका अध्यक्ष बिजय मुकारुङ राईले शुभकामना मन्तब्य राखेका थिए ।
१२३२ जना शेयर सदस्य रहेको सहकारीले गएको वर्ष १ करोड १३ लाख ६२ हजार ८ सय शेयर पूंजी पुगेको छ । त्यस्तै, २ करोड ४६ लाख ८५ हजार २ सय ६४ रुपैया कुल निक्षेप ,२ करोड ६६ लाख ३ सय ७ रुपैया कर्जा प्रवाह गर्न सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।