छविराज ढकाल
पथरी शनिश्चरे, २० असोज । कोी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले ईलाका प्रहरी कार्यालय पथरीको नव निर्मित कार्यालय प्रमुख आवासको उद्घाटन गरेका छन् ।
शुक्रबार एक औपचारिक कार्यक्रमका डिआइजी खापुङले सो नवनिर्मित कार्यालय प्रमुख आवासको उद्घाटन गरे ।
इप्रका पथरीको परिसरमा निर्माण गरिएको आवास गृह एक तले ४ कोठे पक्की रहेको छ । आवास गृहको उद्घाटन गर्दे खापुङले कोशी प्रदेश प्रहरी कार्यालयले लागुऔषध कारोबार र लागु पदार्थ दुर्व्यसनी विरुद्ध विभिन्न अभियान संचालन गरिरहेको बताउँदै त्यस कार्यमा जनस्तरबाट प्राप्त सहयोगको खुलेर प्रंशसा गरे । उनले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहालको नेतृत्वको प्रहरीहरूको टोलीले ठुलो संख्यामा लागु पदार्थ प्रयोगकर्ता पक्राउ गर्न सफल भएको र अन्य अपराधिक गतिविधि नियन्त्रणमा सकृय भूमिका खेलेको चर्चा गरे ।
सोहि कार्यक्रममा कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती ईङ्नाम र पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापोले इलाकामा थप जनशक्ति सहित भौतिक पूर्वाधार निर्माणका लागि पहल गरिदिन अनुरोध गरे । सोहि क्रममा पथरी उद्योग वाणिज्य संघ, रंङ रोगनमा सहयोग गर्ने राजेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका तत्कालीन इप्रका प्रमुख डीएसपी बेदप्रसाद गौतम लगायतलाई प्रसंशा पत्र प्रदान गरिएको थियो।
पथरीशनिश्चरे नगरका स्थानीय समाजसेवीहरूले पनि आर्थिक सहयोग गरी नवनिर्मित भवन कुल १८ लाख २१ हजार २सय रूपैयाँ लागतमा निर्माण भएको भवन निर्माण समितिका सचिव इश्वर सापकोटाले जानकारी दिए ।
सो भवन निर्माण समितिका अध्यक्ष रुपनारायण भट्टरार्इको अध्यक्षतामा भएको सो कार्यक्रममा आवास गृह निर्माणमा सहयोग गर्ने संघ संस्था र व्यक्तिहरूलाई प्रमुख अतिथि खापुङले प्रशंसा पत्र तथा कदर पत्र वितरण गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले स्वागत मन्तब्य राखेका थिए भने पथरी शनिश्चरे नगरपालिकाका उप प्रमुख देवी माया काफ्ले, संविधानसभाका सभासद् चण्डीप्रसाद राई र लालबहादुर सुश्लिल मगर,पथरी शनिश्चरे र कानेपोखरी पालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलहरूका प्रतिनिधिहरू, पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिपकुमार राई, पूर्व उपमेयर यमुना बिष्ट बास्तोला, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।