एमाले झापामा एमाले झापामा १० जना मनोनित,सदस्यहरुको जिम्मेवारी बाँडफाँड

झापा, २६ साउन। नेकपा (एमाले) झापाको शनिवार सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गर्नुका साथै विभागीय जिम्मेवारीहरु प्रदान गरेको छ ।

सचिव तुलसी कार्कीले दिएको जानकारी अनुसार जिल्ला कमिटी सदस्यमा मनोनित हुनेमा हरि ढुंगाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र चम्लागाई, दिपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम,तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङ रहेका छन् ।
बैठकले एक दर्जन बढी विभिन्न जनवर्गीय संगठनहरुको इञ्चार्ज तोकेको उनले बताए । जसअनुसार ट्रेड युनियन महासंघको इञ्चार्जमा हरि अधिकारी, अखिल नेपाल किसान संघमा बिमल निरौला, अनेमसंघमा पवित्रा पाठक, अनेरास्ववियुमा मनोज ताम्ली, राष्ट्रिय युवा संघमा सागर पोर्तेल, जनसांस्कृतिक महासंघमा भुपाल शिवाकोटी, खेलकुद महासंघमा भवानी बराल, आदिवासी जनजाति महासंघमा सुरेन राजवंशी, पेशागत महासंघमा जगत न्यौपाने, मुक्ति समाजमा छविलाल विश्वकर्मा, मुस्लिम इत्तेहाद संगठनमा मोहम्मद इस्लाम अन्सारी, प्रेस चौतारीमा मनकुमार गदाल, भूमिहीनमा हडाम मूर्मु, लोकतान्त्रिक अपांग संगठनमा यसोदा बराल, बुद्धिजीवी परिषद्मा नर्वदा गौतम उप्रेतीलाई जिम्म्ेवारी तोकिएको छ ।
यसैगरि, प्रगतिशील पेशागत कानुन व्यवसायीमा अग्नी कार्की, भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा बलभद्र कोइराला, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा रिङकुमार आचार्य, प्रगतिशील इन्जिनियर्स एशोसिएसनमा रोशन थोप्रा, मानव अधिकार एलायन्समा मिनाकुमारी कोइराला, रिटर्नी फेडेरेशनमा सुनिता खरेल र पिछडा वर्गको इञ्चार्जमा विना शाहलाई जिम्मेवारी प्रदान गरिएको सचिव कार्कीले जानकारी दिए ।

यस्तै, विभागतर्फ शिव ढुङ्गेल स्थानीय विकास विभाग, तुलसी कार्की संगठन , दिपेन्द्र लम्साल निर्वाचन, प्रेम गिरी पार्टी स्कुल, कमल गुरागाई वित्त तथा कोष व्यवस्थापन, रेणुका डाँगी सहकारी, तुलसी मैनाली कानुन, अर्जुन कार्की पर्यटन, द्रौपति गणेश भूमि व्यवस्था, निशा लिम्बू युवा तथा खेलकुद, खेमनाथ मिश्र वन तथा वातावरण, विनोद राना विपद व्यवस्थापन, दिपक गौतम शिक्षा विज्ञान तथा प्रविधि, सहिकुमार राई श्रम तथा रोजगार, मिना विश्वकर्मा सामाजिक सेवा र भुपाल शिवाकोटीलाई साहित्य कला तथा सांस्कृतिक विभागको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले क्षेत्र नं १ को संयोजकमा कृष्ण कनाल, २ मा बद्री भट्टराई, ३ मा लक्ष्मण पाठक, ४ मा धनबहादुर थेवे र ५ मा नारायण गौतमलाई जिम्मेवारी प्रदान गरेको सचिव कार्कीले जानकारी दिए । कार्कीका अनुसार २८ सदस्यीय सचिवालय गठन गरिएको छ ।यस्तै, सचिव तुलसी कार्कीको संयोजकत्वमा जिन्सी सामान मूल्याङकन समिति गठन गरिएको छ । त्यसको सदस्यहरुमा कार्यालय सचिव छविलाल विश्वकर्मा, लेखा समिति संयोजक राजेन्द्र भट्टराई रहेका छन् ।बैठकले सल्लाहकार परिषदको संयोजकमा आरके खनाललाई जिम्मेवारी प्रदान गरेको छ ।

सोही बैठकमा निवर्तमान जिल्ला इञ्चार्ज विशाल भट्टराई र हालै इञ्चार्जको जिम्मेवारी प्राप्त गर्ने रोमनाथ ओलीलाई स्वागत तथा विदाई गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.