भदौं ११ गते दमकमा रथयात्रा निकालिदैं

दमक,१३साउन । श्रीकृष्ण जन्माअष्टमीमा यसवर्ष पनि दमकमा यहि भदौ ११ गते रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले अघिल्ला वर्षझै यसवर्ष पनि रथयात्रालाई भव्य तथा सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको महासचिव प्रेम भट्टराईले बताए ।
रथयात्रा समितिले आइतवार दमक वजारमा अवस्थित राधाकृष्ण मन्दिरमा रथयात्रा समिति,जनप्रतिनिधिहरु,सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सरोकावालाहरुसंग अन्तरकृयात्मक बैठक बसेको छ । दमकमा निकालिने रथयात्रा पूर्वमा विराटनगर पछिको ठुलो मानिन्छ ।
बैठकले रथयात्रालाई थप व्यवस्थित बनाउन एक दर्जन बढी विभिन्न तयारी उपसमितिहरु गठन गरिएको उल्लेख छ । रथयात्राको संरक्षकका रुपमा नगरपालिका रहेको छ । रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यका अध्यक्षता तथा दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको बैंठकमा उपप्रमुख रेगिना भट्टराई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख झरेन्द्रप्रसाद चापागाई,इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापा ,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति रहेको थियो ।
रथयात्रा व्यस्थापन समितिका सहसचिव कृष्ण अधिकारीले ीवागत मन्तव्य राखेको सो बैंठकमा दमक १ का वडाअध्यक्ष हरि न्यौपाने, ६ का वडाअध्यक्ष टेकबहादुर थापा, ८ का अध्यक्ष दिपेश दाहाल,९ का अध्यक्ष कुवेर भटटराई ,विभिन्न मठमन्दिरका प्रतिनिधि, सामाजिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.