लायन्सको पहलमा निशुल्क यातायात सेवा सम्बन्धिको सम्झौता

दमक,८ साउन । लायन्स क्लब अफ दमक स्वीट सिटी र तीन वटा यातायात कम्पनीबीच नियमित डायलोसिस गर्नुपर्ने अवस्थाका र प्राणघातक रोग लागेका बिरामीलाई सार्वजनिक यातायातका साधनमा निशुल्क सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ ।

लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सी र लायन्स क्लब अफ दमक स्वीट सिटीको संयुक्त प्रयासमा मंगलबार दमकमा त्यस्तो सम्झौता गर्दै लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सी र ट्राफिक प्रहरी प्रतिनिधिको रोहबरमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्यालेक्सी, कन्काई र साइनो यातायातद्धारा सञ्चालित कुल १५ वटा यात्रुबहाक बसमा निशुल्क सेवा लागू हुनेछ । सम्झौता उल्लेखित सार्वजनिक यातायातका यात्रुबहाक बसमा त्यस्ता बिरामीका लागि कम्तीमा एक÷एक वटा सिट सुरक्षित राख्ने, सम्झौता अनुसार सिट आरक्षित गरिएका बिरामी एक भन्दा बढी चढेको अवस्थामा पहिले आउनेलाई यो सुविधा दिइनेछ । आगामी असार १६ गते सम्मका लागि मान्य हुने गरि गरिएको सो सम्झौता पत्रमा राजकुमार पौडेल, राजेश श्रेष्ठ र रमेशकुमार कामतका साथै लायन्स क्लब अफ दमक स्वीट सिटीका अध्यक्ष भिम पौडेलबीच हस्ताक्षर भएको हो ।

मंगलबार दमक चोकमा आयोजित संक्षिप्त कार्यक्रमबीच इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक नारायणप्रसाद भट्टराई र लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सीका गभर्नर बिकास अधिकारीको रोहबरमा सो हस्ताक्षर भएको लायन्स क्लब अफ दमक स्वीट सिटीका अध्यक्ष भिम पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.