दमककी रंगकर्मी तुम्सा दुई राष्ट्रिय अवार्डबाट सम्मानित

दमक ,२ साउन । दमककी रंगकर्मी दुर्गा तुम्सा राष्ट्रिय जनजाति चलचित्र तथा म्युजिक भिडियो सम्बन्धी दुई वटा राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।फाल्गुनन्द फिल्मस प्रालिले हरेक वर्ष वितरण गर्देआएको विभिन्न अवार्ड मध्ये तुम्सालाई सर्वोत्कृट पालाम गायन विधातर्फ गतसाल र यो साल भने अभिनय (मोडल) बिधाबाट उक्त सम्मान प्रदान गरिएको हो । तुम्साको पालाम भिडियो ‘निङवासुम ’ को लय संकलक र ‘तुम्मुही ’की गायिका तथा मोडलमा उत्कृष्ट छनौटमा परेकी थिइन् । दुई वटा राष्ट्रिय अवार्ड जितेकी रंगकर्मी तुम्साले यो सम्मानले आफूलाई उर्जा प्रदान गरेको बताईन् ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको उपस्थितिमा बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा सवे विद्यागत अवार्डहरु वितरण गरिएको थियो ।
आयोजक संस्थाले नेपालका आदिवासी समुदायका कला, वेशभूषा, गीत, संगीत र चलचित्रको संरक्षण, सम्बद्र्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दुई दर्जन भन्दा बढी विधामा उत्कृष्टता मनोनयनमा परेका प्रतिभाहरुलाई सो सम्मान प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published.