दमक,१ साउन । झापाको गौरादह नगरपालिका वडा न. १ सितापुरी चोकमा आज साँझ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा,कमल गाउँपालिका वडा न.५ का २४ बर्षिय सञ्जोग भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यहाँस्थित भित्री सडक खण्डमा आज साँझ करिब ७.१० बजे रङपुरबाट सितापुर आउदै गरेको बा. ७० प १८१ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे ६ प ५८१ नम्बरको मोटरसाईकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा बा ७० प १८१ नम्बरको मोटरसाइकलका चालक भण्डारीको मृत्यु भएको हो ।
उनीसँगै मे ६ प ५८१ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका १ का २८ बर्षिय दुर्गा ताजपुरिया समेत घाईते भएका थिए । उनीहरु दुवैलाई उपचारका लागि निम्स अस्पताल दमकमा ल्याइएकोमा उपचारको क्रममा भण्डारीलाई ७.३० बजेनै चिकित्सकहरुले मृत घोषणा गरेका झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । घाईते ताजपुरियालाई भने थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पठाइएको छ ।