दशगजा क्षेत्रमा डुबेर भारतीय नागरिकको मृत्यु

गौरीगञ्ज,२७ असार । नेपाल–भारत सिमास्थित दशगजा क्षेत्रमा रहेको जिल्लाको गौरीगञ्ज गाउँपालिका –४ स्थित गेउरिया खोलामा डुबेर एकजना भारतीयको मृत्यु भएको छ ।दशगजादेखि करिव १५० मिटर पारीपट्टि भारतको किसनगञ्ज जिल्लाको खनियावादमा रहेको गेउरिया खोलामा डुबेको अवस्थामा एक व्यक्तिको शव बुधवार दिउँसो ३ बजे फेला परेको हो ।
उक्त शव भारत किसनगञ्ज जिल्ला अररिया निवासी ५५ वर्षीय झरिया ऋषिदेवको भएको प्रहरीले जनाएको छ । गत आइतवार छोरीको घर आउँदा गेउरिया खोला तर्नेक्रममा उनी बेपता भएका थिए ।
नेपाल–भारत सीमा भएर बग्ने गेउरिया खोला तर्दा उनी भारतपट्टि नै बेपत्ता भएकाले सीमापारी नै शव फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.