पथरी शनिश्चरे, २१ असार । पथरी शनिश्चरे नगरपालिकाले एक अग्रज पत्रकार सम्मानित, एक क्रियाशिल पत्रकार तथा सञ्चारमाध्यम पुरस्कृत गरेको छ ।बिहीबार पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा आयोजित एक समारोहबीच अग्रज पत्रकार सम्मानबाट पूर्व नगरका सूचना संयोजक भुपेन्द्रराज तिमल्सिना , क्रियाशील पत्रकार पुरस्कारबाट भूमिप्रसाद पाठक र सञ्चारमाध्यम पुरस्कारबाट पहिलो अनलाईनलाई पुरस्कृत गरिएको हो ।
मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे नगरपालिकाले उनीहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो समारोहमा उनीहरुलाई नगरप्रमुख मोहनप्रसाद तुम्बापो, नगरप्रवक्ता नवीन कार्की, वडा नम्बर ०१ का वडाध्यक्ष भीम कुमार राई, सहितले पुरस्कृत गरेका थिए ।जसअनुसार नगरका पूर्व सूचना सम्पादक वडा नं १० निवासी भूपेन्द्र तिम्सिनालाई नगद रु २५ हजार, सञ्चारकर्मी भूमिप्रसाद पाठकलाई नगद १५ हजारसहित क्रियाशील पत्रकार पुरस्कार र सञ्चारमाध्यमतर्फ पहिलो अनलाईनलाई नगद रु २५ हजार सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।
त्यस क्रममा प्रमुख अतिथि नगरप्रमुख तुम्वापोले नगरका राम्रा र सुझाव दिँदै आलोचनात्मक कलम चलाउने आग्रह गर्नुहुँदै यस वर्ष पत्रकारिता क्षेत्रको समग्र विकासका लागि सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए ।यस्तै , नगरका १२ जना पत्रकारहरुलाई लेखनवृत्ति वितरण गरिएको थियो ।