पाँचथर ,२१ असार । जिल्लाको फिदिम नगरपालिका–१४ मा सामूहिक कुटपिटमा घाइते भएका ३७ वर्षीय दिनेश राइको ज्यान गएको छ ।गए राति स्थानीय धनकुमार राईको घरमा चिन्ता राख्ने कार्यक्रम हेर्न आएका दिनेशसहित ४ जनालाई २० जनाको समूहले कुटपिट गरेको थियो ।
कुटपिटका कारण सख्त घाइते भएका राइलाई तत्काल उपचारार्थ पाँचथर अस्पताल ल्याइएको थियो । उनलाई आज बिहान साढे चारबजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनालाल साह तेलीले वताए ।
बिहीबार सााझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेशसहित २८ वर्षीर्य पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि।क।लाई त्यहाा आएका २० जनाको समूहले कुटपिट गरेको थियो ।साहका अनुसार घाइते भएकामध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम,र पुष्करलाई सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन् । कुटपिटमा संलग्न युवाहरू फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।