सिंहदेवी विद्यालयमा विद्यार्थी ओसार्न सफारी

दमक ,१९ असार । झापाको कमल गाउँपालिका- ७ बिष्णुकठठास्थित सिंहदेबी आधारभुत बिद्यालयले विद्यार्थीको सहजताका लागि तीन चक्के सिटिसफारी संचालनमा ल्याएको छ ।विद्यालयले विद्यार्थी ओसार्न आन्तरिक स्रोत जुटाएर एउटा सिटिसफारी र एउटा थप सिटि भने भाडाका रूपमा संचालन गर्दै आएको हो ।
बिध्यालयका अध्यक्ष ओमनाथ तिम्सिनाले विद्यार्थी चाप वृद्धि हुदैगएकाले पढ्न आउने विद्यार्थीलाई ओसार्नका लागि दुई वटा सिटिसफारी संचालनमा ल्याइएको जानकारी दिए । पढ्न आउन छोराछोरीलाई समस्या भएको गुनासो आएपछि बिधालयले बिधुतिय सिटिसफारी सवारी साधनको ब्यबस्था गरिएको उनले बताए । उनले भने,यो ब्यबस्था पछि विद्यार्थीलाई पढ्न आउन सुबिधा मिलेको छ ।
बिधालयले स्थान छनौट गरि ती सवारी संचालन गरिआएको छ । दुई चार महिना यता यस किसिमको सवारी साधन संचालन ल्याइएपछि बिगतको जस्तो विद्यार्थीले समस्या भोग्नु पर्ने भने हटेको बिद्यालयकी प्रअ इन्दिरादेबि खनालले बताइन ।
निजि बोर्डिङ स्कुलले घर घर पुगेर बिध्यार्थी ओसार्न थालेपछि सामुदायिक बिधालयहरुले समेत यसरी घरघरसम्म पुग्नु पर्ने बाध्यता आइपरेको उनले सुनाइन् ।विद्यार्थीले ठाउ अनुसार उपभोग गरे बापत महिनामा रु ५ देखि ६ सय सम्म स्वेच्छिक रूपमा दिने गरेको उनको भनाइ छ ।
पछिल्लो बर्ष स्थानियको अगुवाईकै कारण बिद्यालयको शैक्षिक सवालमा उल्लेखनिय सुधार हुँदै आएको यस बिधालयमा अहिले कक्षा ९ सम्म पठनपाठन हुँदै आएको छ् । २०३० सालमा स्थापना भएको सो बिद्यालयलाई उकास्न समुदायले अगुवाई गरेपछि विद्यार्थीको समेत आकर्षण बन्दै गएको बिद्यालय ब्यबस्थापन समितिका सदस्य सन्तोस राइले बताए । विद्यार्थी नहुदा मुस्किलले ५ कक्षा सम्म पठनपाठन हुँदै आएको यस बिधालयमा अहिले विद्यार्थीको संख्या ३५० नाघेको छ । उनले भने ,पालिकाकै नमुना बिद्यालय बनाउन हामी जुटेको छौं ,सबै अभिभावक सङै स्थानिय,प्रदेश तथा सङ्घिय सरकारबाट हुदैआएको सहयोगका कारण यो बिधालय पालिकाकै नमुना बिधालय बन्दै गएको छ ।
अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको कारण पनि धेरै अभिभावकहरुले बोर्डिङमा हालेका नानीहरू निकाल्दै सो बिधालयमा भर्ना हुने क्रम ह्वात्तै बढेको अध्यक्ष तिमिल्सिना बताउँछन् ।

Leave a Reply

Your email address will not be published.