रोटरी क्लवद्धारा जनचेतना विद्यालयलाई शैक्षिक सामाग्रीहरु प्रदान

दमक,१५ असार । रोटरी क्लव अफ दमकले दमक- ४ स्थित जनचेतना आधारभूत विद्यालयलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।शुक्रवार विद्यालयमा पुगेर रोटरीको टोलीले विद्यालयमा अध्ययनरत बालकक्षाका लागी आवश्यक पर्ने विभिन्न खेल सामाग्रीका साथै पढ्न आवश्यक पर्ने पुस्तक एवं एक थान दराज समेत वितरण गरेको हो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा दमक ४ का वडाअध्यक्ष उद्धव दाहालसहित रोटरीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा ती शैक्षिक सामाग्रीहरु विद्यालयकी अध्यक्ष समुन्द्र लामा, प्रधानाध्यापक मानबहादुर धिमाललाई हस्तान्तरण गरिएको क्लवका अध्यक्ष पदम बरालले जानकारी दिए ।
उनले विद्यालयको शैक्षिक विकासमा सघाउँ पुरयाँउन बार्षिक कार्यक्रम अनुसार त्यस किसिमको सहयोग प्रदान गरिएको बताए । यस खाले सहयोगी कार्यक्रम रोटरीको तर्फबाट निरन्तर भईरहने पनि उनले जानकारी दिए ।
ग्रामीण भेगमा अवस्थित यस विद्यालयमा अधिकांश विप्पन्न परिवारका छोरछोरी अध्ययन गर्ने गर्दछन् । विप्पन्नहरुले पनि पर्याप्त शैक्षिक तथा खेलकुद सामाग्रीका साथमा अध्ययन गर्न सकुन भन्ने उद्देश्यले ती सामाग्री वितरण गरिएको क्लवले जनाएको छ ।
कार्यक्रममा रोटरी क्लव वर्ष (सन् २०२३ –०२४ ) का एसिस्टेन्ट गर्भनर सन्दिप चापागाई (दिपु ), रोटरी क्लव अफ दमक वर्ष २०२४-२५ का अनुमोदीत अध्यक्ष बिक्रम साह लगायत रोटरीयनहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.