दमक,१४असार । दमक- ८ मा रहेको पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कुलले धान दिवस विषेश कार्यक्रम गरि मनाएको छ ।विद्यार्थीहरूको सहभागितामा शुक्रबार असार १५ का अवसर पारेर धान रोपाई गर्नुका साथै दही चिउरा खाई दिवस मनाएका हुन् ।
विद्यार्थीहरूलाई धान दिवसको महत्व दर्साउदै कमल- ६ को एक किसानको खेतमा पुगेर धान रोपाई गर्दै तथा दही ,चिउरा खाएर हर्षोल्लासपूर्वक मनाईकएको प्रिन्सिपल सबिता पोख्रेल भट्टराईले बताइन् ।
उनका अनुसार विद्यार्थीहरूले खेतमा धान रोपेर परम्परागत कृषि कार्यको अनुभव लिएका थिए। साथै, दही चिउरा केराको स्वादिष्ट खानाले विद्यार्थीहरूमा थप उत्साह थपिएको उनले बताइन् । यस किसिमको कार्यक्रमले विद्यार्थीहरूमा कृषि संस्कृति र परम्पराप्रतिको सम्मान बढ्ने र कृषि कर्मको बारेमा जानकारी हुने अपेक्षा गरिएको निर्देशक माधब भट्टराईले बताए । स्कुलले शैक्षिक बिकासमा सघाउ पुरयाउन यस किसिमको अतिरिक्त क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दैआएको छ ।