काजी खाजा घरमा ‘रैथाने कोदो–फापरको खाजा’

दमक,१२ असार । दमक–६ स्थित बेलडॉगी रोडमा रहेको काजी खाजा घरले शुरु गरेको रैथाने कोदो–फापरको खाजामा सर्वसाधारणहरुको आकर्षण बढ्दै गएको छ ।जंक फुड निषेध गरेर रैथाने खानपानमा जोड दिएपछि काजी खाजा घरमा खाजा खान आउने उपभोक्ताहरुको निकै भिडभाड हुन थालेको छ ।
काजी खाजा घरका सञ्चालक काजी राउतले आफ्नो होटलमा रैथाने परिकारका अर्गानिक खाजा बनाउन र वेच्न थालेपछि उपभोक्ताहरु स्वास्थ्य प्रति जागरुक बन्दै गएको बताउँछन् । महिनादिन देखि कोदो र फापरको पीठोको रोटी सेट, गहुँको रोटी सेट, गुन्द्रुकको अचार, चनाको सब्जी, आलुजिराको खाजा, सातु, जौको सातु र साथमा, पिउँ पिउँ लाग्ने मोहीं बेच्न थालेपछि उनको दैनिकी फेरिएको छ ।
उनी भन्छन्, ‘मैले सोचेभन्दा बढी र मजाले चल्न थालेको छ । अहिले त विहानदेखि बेलुका सम्मनै ग्राहकहरु हामीलाई पनि खाजा खुवाउनुस् भनेर आइपुग्नु हुन्छ । खाजा बनाउने कार्यमा परिवारनै लागेर व्यवसायमा केन्द्रीत छु । ’कोदो र फापरको रोटी खाजा खुवाउँदा किसानको उत्पादन विक्री र खपतमा पनि सघाउ पुगेको भन्दै उनले पैसाका लागि मात्र नभएर स्वास्थ्य संवेदनशीलताका कारण पनि यस किसिमको परिकार विक्री गर्न लागेको स्पष्ट पार्छन् ।
जिब्रोका लागि खाइने खानपानले हामीलाई धेरै रोगको शिकार बन्नुपरेको सुनाउदै उनले जिव्रोको स्वादका लागि मात्र होइन स्वस्थ्य शरीरका लागि यस्ता रैथाने भोजनमा सवै लाग्नुपर्ने बताउँछन् ।
विगत ८ वर्षदेखि खाजा घर चलाउदै आएका उनले यसअघि जंगफूडका परिकार बेच्दैआएका थिए । उनका अनुसार जंग फूडले मानव स्वस्थ्यमा पुरयाँएको गंभीर असरका कारण पनि यसकिसिमको रैथाने भोजनमा व्यवसाय रुपान्तरितमा जुटेको हो । रैथाने पोषकतत्वले स्वस्थ बन्न सघाँउ पुरयाउँने उनको भनाई छ ।
सामाजिक कार्यमा समेत सक्रिय उनले शुरु गरेको रैथाने भोजनप्रति यतिखेर उपभोक्ताहरु मात्र होइन ,कतिपय व्यवसायीहरुले रैथाने भोजनालयको शुरुवात गर्न थालेका छन् । काजी खाजा घर देखेर अहिले जिल्लाका शहर,वजारमा रैथाने भोजनको व्यापार थपिने क्रम बढ्दै गएको उनले सुनाए । झापा भरि अहिले दश स्थानमा रैथाने भोजनालय विस्तार भईसकेको उनको भनाई छ । उनी भन्छन् ,– ‘खाजा खाने परिकारमा पछिल्ला पुस्तामा केहि जागरण आएकाले पनि यस खाले भोजनालयमा ग्राहकको निकै चाप हुदै गएको छ’
राउतले आफना खाजा घर सामाजिक सञ्जालमा चर्चा हुदैगएपछि झापाका विभिन्न स्थानबाट मात्र नभएर टाढा टाढामा सोधेर आउने गरेको बताउँछन् । रैथाने भोजनालय शुरु गरेपछि धेरै ग्राहक तथा शुभचिन्तकहरुको माया,सुझाव प्राप्त गरेको भन्दै उनले यस किसिमको भोजनालयबाट बाँच्ने मेलो मात्र नभएर स्वास्थ्य सचेतनाका लागि पनि प्रेरणाको माध्यम बनेको जिकीर गर्छन् । उनी भन्छन् , –‘समयले साथ दिईन्जेल यही व्यवसायबाट समाज सेवा प्रति लाग्ने छु ’

काजी खाजा घरमा खाजा खान भेटिएका नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले यस खाजा घरले रैथानेसंगै अग्र्यानिक खानापानमा आफनो व्यवसाय विस्तार गरेर उदाहरणीयको पात्र भएको बताउँछन् । जंग फूडले समाज,परिवारनै नराम्ररी प्रभावित भईरहेको समयमा काजीको रैथाने भोजन खुवाउने अभियानलाई हामी सवैले प्रवद्र्धनात्मक टेवा पुरयाँउनु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published.