पौडेल वंशोद्धार दमकको नयाँ नेतृत्वसहित गोठपुजा

दमक,१ असार । झापाको दमकमा रहेका पौडेल बन्धुहरुको संस्था पौड्याल वंशोद्धार दमक नगर समितिको तेस्रो अधिवेशन तथा गोठपुजा सम्पन्न भएको छ ।दमक -७ स्थित बराह टोलमा रहेको समितिको केन्द्रिय भवन परिसरमा आयोजित नगर समितिको अधिवेशनले झप्टबहादुर पौडेलको अध्यक्षतामा २० सदस्यीय नगर समिति र लेखा समिति संयोजक सर्वसम्मत चयन गरेको हो ।

समितिका निवर्तमान अध्यक्ष बुद्धिमान पौडेलको सभापतित्वमा भएको अधिवेशनको उदघाटन सत्रमा केन्द्रिय समितिका अध्यक्ष प्रल्हादकुमार पौडेलको प्रमुख आतिथ्य र दमक ७ का वडाध्यक्ष समेत रहेका समितिका पूर्व अध्यक्ष भिम पौडेलको विशेष आतिथ्य रहेका थियो ।

अधिवेशनले समितिको उपाध्यक्षमा कैलाश पौडेल, सचिवमा हरिप्रसाद पौडेल (दमक ६ ) , सहसचिवमा ललिता पौडेल र कोषाध्यक्षमा इन्दु पौडेल लगायतको समिति सर्वसम्मत चयन गरेको छ ।

समितिका सदस्यहरुमा चन्द्रप्रसाद पौडेल , खगेन्द्रकुमार पौडेल , केशवराज पौडेल , भक्ति पौडेल , निर्मला पौडेल , उत्तम पौडेल , हेमनाथ पौडेल , तुलसा पौडेल ,खेमराज पौडेल ,अमर पौडेल ,गणेश पौडेल , कुलबहादुर पौडेल , गायत्रीप्रसाद पौडेल र गोपाल पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै अधिवेशनले हरिकृष्ण पौडेललाई लेखा समिति संयोजक चयन गरेको छ । समितिका सदस्यहरु संयोजक र नगर समितिको समन्वयमा मनोनित गरिने जनाइएको छ । त्यसअघि भएको उदघाटन कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष बुद्धिमान पौडेलले आफ्नो कार्यकालको सांगठनिक तथा आर्थिक विवरणसहितको प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन सुझावसहित पारित भएको जनाइएको छ ।

सो अवसरमा संखुवासभा पुख्र्यौली थलो भएका पौडेल बन्धुहरुको वंशावली पनि विमोचन गरिएको थियो । त्यहाँ पौड्याल वंशोद्धार भवन परिसरमा नवनिर्मित बराह मन्दिरमा परम्परा अनुसार सामूहिक गोठ पुजा समेत गरि प्रसाद वितरण गरिएको थियो ।

निर्वाचन प्रकृया सम्पन्न गर्न डिल्लीरमण पौडेलको संयोजकत्वमा गणेश पौडेल र पार्वता खतिवडा पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
बंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौडेलको सभापतित्व र केन्द्रिय समितिका अध्यक्ष प्रल्हाद कुमार पौडेलको प्रमुख आतिथ्य तथा दमक ७ का वडाध्यक्ष एवं पूर्व केन्द्रिय अध्यक्ष भिम पौडेलको विशेष आतिथ्यमा भएको उदघाटन कार्यक्रममा वंशोद्धार समितिकी पूर्व केन्द्रिय सदस्य रामकुमारी पौडेल, पौडेल वंश महासंघका उपाध्यक्ष कमल पौडेल, जिल्ला अध्यक्ष नेत्र पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.