झापा, ५ जेठ । गोरखास्थित आफन्तको घर गएका बेला पौडी खेल्ने क्रममा डुवेर झापा, कमल गाउँपालिका – ५ पाडाजुँगी घर भएका १९ वर्षीय समिर श्रेष्ठको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले शुक्रवार दिउँसो ३ बजे – १० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर समिरको मृत्यु भएको जानकारी दिए । समिर पालुङटार नगरपालिका – १ खोप्लाङस्थित ठुलो आमाको घरमा बस्दै आएका थिए । समिर पौडी खेल्ने क्रममा दरौदी नदीमा डुबेका थिए । नदीमा डुबेर अचेत अवस्थामा फेला पारी स्थानीयको सहयोगमा समिरलाई उद्धार गरी छेपेटार मेमोरियल अस्पताल लगिएको थियो । त्यहाँबाट रिफर गरी गोरखा अस्पतालमा पुर्याइएकोमा उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
आज दिउँसोनै समिरको पार्थिव शरीरलाई झापाको कन्काई माईको मुक्तिघाटमा अन्त्येष्टि गरिएको थियो ।समिरको शव आज विहान मात्र घटनास्थलबाट घर ल्याईएको थियो । शंकर श्रेष्ठ र आमा इन्दिरा श्रेष्ठका एकमात्र छोरा समिर भेटेनरीतर्फ जेटिए सिध्याएका थिए । मिलनसार समिरको अकल्पनीय निधनका घटनाले पाडाजुंगीका बासिन्दाहरु शोकमा डुवेका छन् ।