दमक ,२ जेठ । दमक–३ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापा ,मेचीनगर नगरपालिका–५ का ३० बर्षीय सुनिल लावती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक लावतीको बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।