दमक ,१८ बैशाख । दमक उद्योग वाणिज्य संघले इलाम -२ का नवनिर्वाचित संघीय सांसद सुहाङ नेम्बाङलाई बधाई शुभकामना पठाउदै निर्माणाधीन दमक –रवि (राके) फाल्गुनन्द सडकको विषयमा ध्यानाकर्षण गराएको छ ।
इलाम २ को उपनिर्वाचनमा विजयी भएका सांसद नेम्बाङलाई दमक क्षेत्रबासी तथा उद्योग ,व्यवसायीहरुको तर्फबाट शुभकामना पठाउदैं संघका अध्यक्ष गोपाल गुरागाईले बधाईको साथ सो विषयमा ध्यानाकर्षण गराइएको उल्लेख छ ।
यस संघको अगुवाईमा २०५८ सालदेखि निर्माण शुरु भएको यस सडक दुई दशक वित्दा समेत पूर्णता नपाएको भन्दै त्यसलाई तदुरुकताका साथ पूरा गराउन ध्यानाकर्षण गराउदै नवनिर्वाचित सांसद नेम्बाङसंग त्यस्तो माग गरिएको अध्यक्ष गुरागाईद्धारा जारी बधाई शुभकामनामा जनाईएको छ ।
दमकसंग जोड्ने यस सडकले इलाम र पाँचथरको दक्षिणी क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुरयाँउने उल्लेख गर्दे यसलाई जतिछिटो सम्पन्न गर्न सांसद नेम्बाङबाट थप पहलकदमी हुने छ भनिएको छ ।