इलाम, १६ वैशाख । इलाम–२ मा सुरु भएको मतगणना कार्यको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दिउँसो १२ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । फाकफोकथुम वडा नं १ र २ को मतगणना सकिदा कांग्रेसका खड्काले ११४५, एमालेका सुहाङ नेम्वाङले १०६३, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ३११ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले २०९ मत प्राप्त गरेका छन् ।
शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।