इलाम,१५ बैशाख ।इलाम क्षेत्र नम्बर २ मा ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शनिबार भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको छ। जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्।
इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन्। शनिबार सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा सकिएको यादवले बताए।इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना सुरु हुने आयोगले बताएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आजै राति ११ बजेसम्म मतगणना सुरु हुनेछ।मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार, इलाम बजारस्थित गौतम बुद्ध सिटी हलमा मतगणना हुनेछ।उक्त मतगणनाको प्रत्येक एक घन्टामा चोक बजारमा रहेको डिस्प्लेबाट समेत मतपरिणाम देखाइनेगरी तयारी अघि बढाइएको छ।
बझाङ क्षेत्र नम्बर १ प्रदेशसभा (१)मा भने भोलि आइतबार बिहान १० बजेबाट मात्रै मतगणना सुरु हुने जानकारी गराए।