झापा गोल्ड कपद्वारा एपिएफलाई कारबाही

झापा, २२ फागुन । झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ ।फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको हो ।
झापा गोल्ड कप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफमाथि कारबाही गरिएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए ।उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपिएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ ।
प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपिएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
झापा गोल्ड कप व्यवस्थापनले एपीएफ फुटबल क्लबको टिम व्यवस्थापनलाई कारबाही सम्बन्धमा लिखित जानकारी पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published.