भवानी सरको निधन

दमक ,१३ फागुन । दमकका शैक्षिक तथा सामाजिक व्यक्तित्व भवानीप्रसाद दाहाल (भवानी सर ) को ७८ बर्षको उमेरमा निधन भएको छ । दमक -९ स्थित बुद्धचौक निवासी दाहालको गएराति १.३० वजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
ज्येष्ठ नागरिक सङ्ह झापाका अध्यक्ष , साबिक दमक –१५ का पूर्व वडाअध्यक्ष समेत रहेका दाहाल केहिबर्षदेखि मुटु र मिगौला रोगबाट पीडित थिए । विवंगत दाहालले केहि महिना अघि मात्र आफनै जीवनी सम्बन्धी पुस्तक समेत निकालेका थिए ।
उनका धर्मपत्नी पम्फासहित दुई छोरा र दुई छोरी रहेको छ । दाहालको पार्थिव शरीरको आजनै कनकाई नदीमा हिन्दु धर्मसंस्कृति अनुसार अन्त्येष्टि गरिएको थियो ।स्व. दाहालका राजन जेठो छोरा हुन् । उनले दमकमा नै पहिलोपटक व्यवसायिक रुपमा ऋचा साईवर खोलेका थिए ।

Leave a Reply

Your email address will not be published.