दमकको नारायण ज्योति बहुउद्देश्यीय कभर्ड हल अव बन्ने

दमक,१३ फागुन । झापाको दमक -९ स्थित शान्तिचौंकमा निर्माणाधीन नारायण ज्योति बहुउद्देश्यीय कभर्ड हल अव बन्ने भएको छ ।कर्भड हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारले चालु आर्थिक बर्षमा रु १ करोड वजेट बिनीयोजन गरेपछि अलपत्र रहेको निर्माणाधीन कभर्डले निर्माणको गति पाउने भएको हो ।
एक दशकदेखि निर्माण शुरु भएको कभर्ड हलमा पर्याप्त वजेट नहुदाँ कभर्ड हलको संरचनानै जीर्ण बन्ने अवस्थामा पुगेको थियो । एक दशकदेखि शुरु भएको सो कर्भड हलमा घेराबेरा, सुरक्षा कक्ष ,पक्का भवन लगायतका प्रारम्भिक चरणका निकै काम भईसकेका छन् ।
कभर्ड बनाउन नेपाल प्रहरीका पूर्व डिआइजी अमरसिंह साहले १० कठा जमीन निशुल्क दिएका थिए । दाता साहले आफना दिवंगत पितृको स्मृतिमा नारायण ज्योति बहुउद्देश्यीय कभर्ड हल बनाउन लाखौ मूल्य पर्ने ती जमीन निशुल्क दिएका थिए । तीनै जमीनमा नगरपालिकाले सुविधासम्पन्न कर्भड हल बनाउन शुरु गरेको थियो । उनका अनुसार निर्माणाधीन कभर्ड हल पाँच तले सुविधासम्पन्न हुने छ । हल भित्र इन्डुवरका सवै खेल खेल्न सकिने मैदानदेखि दर्शक रहने कक्ष निर्माण गरिने योजना छ । दमकमा समुदायकै अगुवाईमा शुरु गरिएको यस किसिमको कभर्ड हल पहिलो भएको र यो नगरकै महत्वपूर्ण सम्पदा रहने उनको भनाई छ ।
दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराईले निर्माणाधीन कभर्ड हलले गति लिने बताउँछन् । यस वर्ष संघीय सरकारबाट बिनयोजित रु १ करोड वजेटले अधुरो काम सम्पन्न गर्न सहयोग पुग्ने उनको भनाई छ । उनले भने, –‘वजेटलाई कार्यान्वयन गर्न हामीले संझौता लगायतका सवै प्रकृयालाई अघि बढाएका छौं, अव बनिने आशा पलाएको छ ’
कभर्ड हल निर्माणका लागि नगरपालिकाले केन्द्र प्रसाईको संयोजकत्वमा एक सहजीकरण व्यवस्थापन समिति गठन गरेको छ । सो समितिले कभर्ड हल निर्माण गर्न अगुवाई गर्ने योजना रहेको वडाअध्यक्ष भट्टराई बताउँछन् ।
कर्भड हलमा यतिका संरचना बनिएपनि थप योजनाका काम अघि बढ्न नसक्दा स्थानीयहरु भने स्थानीय सरकारले चासो दिनुपर्ने बताउँछन् । स्थानीय प्रकाश मगरले दमककै गहना भएको यस कभर्ड बनाउन चासो दिनुपर्ने बताउँछन् । यतिका वर्ष भईसक्यो, केहि काम भएपनि थप काम अघि नबढ्दा संरचनानै जीर्ण हुदैगएको उनले सुनाए । तर, अव कभर्ड हल बन्ने भन्ने खबरले हामीलाई हर्षित बनाएको मगर बताउँछन् ।

Leave a Reply

Your email address will not be published.