दमक,१२ फागुन । झापाको कमल गाउँपालिका ५ मंगलवारेमा आयोजित प्रथम कमल गाउँपालिकास्तरिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।स्थानीय सगुन युवा क्लवको खेल मैदानमा सञ्चालित एक दिवसीय सो प्रतियोगिताको आज पालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गदैं अध्यक्ष राईले स्वस्थ्य समाज निर्माणमा खेलकुदको योगदान महत्वपूर्ण रहने उल्लेख गरे ।
कमल गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सन्त मगरको अध्यक्षतामा भएको उद्घाटनमा १६ जोडीले प्रतिष्पर्धा गरिरहेका खेलकुद विकास समितिका सदस्य सुदिप थुलुङले बताएका छन् । प्रतियोगिताका विजेता खेलाडीहरुलाई आजनै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, सामाजिक अगुवाहरु ललित कुमार वान्तवा,ऋषिकेस सुवेदी,सगुन युवा क्लवका अध्यक्ष देवी आङदेम्बे ,जसपा कमलका अध्यक्ष प्रेम राई,मञ्च सम्बद्ध संघीय लिम्बूवान पार्टीका कमल अध्यक्ष तेजु आङदेम्बे, व्याडमिन्टन खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।