दिपेशले शुरु गरे दमकमा ‘जोब्रा होटल एण्ड लज’

दमक ,९ फागुन । दमकका यातायात मजदुर दिपेश तामाङले नयाँ व्यवस्थापनका साथ ‘जोब्रा होटल एण्ड लज’सञ्चालनमा छन् । केहिवर्षदेखि सञ्चालन हुदैआएको सो होटल एण्ड लज उनले दुई महीनादेखि नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएका हुन् ।
लामोसमयदेखि हलुका सवारीको टिकट काउण्टर सञ्चालन गरिआएका उनले यससंगै ग्राहक तथा शुभचिन्तकहरुका लागि मंगलदीप मार्केट मार्गमा रहेको सो होटल एण्ड लजलाई नयाँ व्यवस्थापनका साथ शुरु गरेको बताएका छन् । पारिवारिक वातावरण भएको यस होटलमा नेपाली मौलिकतासहितको स्वच्छ खाना,पार्किङको व्यवस्था संगै बस्नका लागि एसी तथा ननएसीको कोठाहरु उपलव्ध रहेको उनले बताए । उनले भने, –‘अन्य होटल तथा लज भन्दा यो होटल एण्ड लजलाई फरक विशेषता दिन प्रतिवद्ध छौ । सस्तो मात्र होइन गुणस्तरिय र स्वच्छतामा उतिकै गंभीर छौ ’
उनका अनुसार ग्राहकहरुको सुविधालाई ध्यान दिदै सरल र सुलभ रुपमा सेवा उपलव्ध छ । यस जोब्रा होटलमा खाना,बस्नसंगै बैठकका लागि पर्याप्त सेमिनार हल समेत निशुल्क उपलव्ध रहेको उल्लेख गरेका छन् । उनले केहि समयपछि सञ्चालित होटललाई औपचारिक रुपमा उद्घाटन गर्ने समेत लक्ष्य राखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.