सर्पको टोकाइबाट महिलाको मृत्यु

बिर्तामोड, ४ फागुन । सर्पले डस्दा झापाको कचनकवलमा एक जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ११ः३० बजे कचनकवल–१ की ६५ वर्षीया टीकामाया दाहाललाई खेतमा काम गरिरहेका बेला सर्पले डसेको हो ।

सर्पले डसेर घाइते भएकी दाहाललाई उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.