हङकङको कमाईले उर्लावारीलाई ‘एम्वुलेन्स ’

उर्लावारी,३ फागुन । रोजगारको सिलसिलामा हङकङ बस्दै आएका मोरङ, उर्लाबारीका युवाहरुले आफू जन्मे हुर्केको गाउँमा एम्बुलेन्स उपलव्ध गराएका छन् ।उर्लाबारी नगरपालिका हङकङ परिवारले रु २५ लाख ५० हजार रुपियाँ सङ्कलन गरी पठाएको पैसाले एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याइएको वडाध्यक्ष नरबहादुर मोक्तानले बताए । वडाध्यक्ष मोक्तानका अनुसार एम्वुलेन्सले विपन्न परिवारलाई निशुल्क सेवा दिनेछ । नगरले विपन्न परिवार सम्बन्धी कार्यविधि बनाइरहेको छ । कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरि परिचय प्राप्त गर्नेलाई निशुल्क र अरु सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्वुलेन्स सेवा दिइने छ ।
एम्वुलेन्स खरिदका लागि हाल हङकङमा बस्दैआएका उर्लाबारी –९ का याम सेम्बुले एक्लै रु ५ लाख ३० हजार १ सय ७६ रुपैंया सहयोग सहयोग गरेका छन् । सेम्बु र साङ्गेहाङ्ग तुम्बाहाम्फेको सक्रियतामा एम्वुलेन्स खरिद गर्ने रकम जुटेको हो । एम्वुलेन्सको चालक र इन्धन खर्च उर्लाबारी नगरपालिकाले ब्यहोर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.