दमक,१ फागुन । कमलमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा केर्खाको सहिद धर्मभक्त माविले विभिन्न बिधामा ११ स्वर्णसहित कूल २० पदक जितेको छ ।गत २७ माघदेखि २९ गतेसम्म केर्खास्थित खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलसहिद धर्मभक्तले ४ रजत ५ कास्य सहित २० पदक जितेको छ । त्यसैगरी महेन्द्ररत्न माविले ५ स्वर्ण, ३ रजत र ५ काँस्य, मंगलमय माविले ४ स्वर्ण, ९ रजत र २ काँस्य, सरस्वती मावि रंगपुरले ४ स्वर्ण ४ रजत र ५ काँस्य पदक जितेको छ । वन्डरलैण्ड माविले ३ स्वर्ण, ३ रजत र ४ काँस्य पदक जितेको छ भने ज्योती माविले ३ स्वर्ण, ३ रजत र १ काँस्य पदक जितेको छ ।
प्रतियोगितामा वाणि माविले ३ स्वर्ण, १ रजत र ६ काँस्य पदक जितेको छ । लालिमा बोर्डिङले २ स्वर्ण, ३ रजत र १ काँस्य जितेको छ । त्यस्तै नरेन्द्र जनता माविले २ स्वर्ण, १ रजत र २ काँस्य पदक जितेका छन । सरस्वती मावि मुजुरभिट्टाले २ स्वर्ण, १ रजत र २ काँस्य पदक जितेको छ भने स्मारिका बोर्डिङले १ स्वर्ण, १ रजत र ५ काँस्य पदक जितेका छन । सिंहदेवी आविले १ स्वर्ण र १ काँस्य पदक जितेको छ ।
प्रतियोगिताको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रमकाबीच गरिएको थियो । प्रतियोगितामा कूल १८ बिद्यालयका बिद्यार्थीहरुले विभिन्न विधामा भएका प्रतियोगितामा भाग लिएका थिए ।