गुहेश्वरीमा रक्तदानसहित आखाँ तथा दन्त परीक्षण

दमक,२७ माघ । झापाको कमल गाउँपालिका -५ स्थित गुहेश्वरी सामाजिक संस्थाले शनिवार रक्तदानसहित निशुल्क आखाँ तथा दन्त शिविरको आयोजना गरेको छ ।गुहेश्वरी आधारभूत विद्यालयको प्राङगणमा एक कार्यक्रम गरि संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत खुला रक्तदान गर्नुका साथै स्थानीयका लागि आखाँ तथा दन्त शिविर सञ्चालन गरिएको अध्यक्ष गोपालबहादुर निरौलाले बताए ।
रक्तदानमा वडाअध्यक्ष लालवहादुर विष्ट, पूर्व वडाअध्यक्ष डम्बरवहादुर निरौला, आयोजक संस्थाका अध्यक्ष गोपाल बहादुर निरौला, चन्द्रदर्शन शाकोसका सचिव सन्जय कुमाल,युवराज कार्की, सन्तोष कार्की,दिपक भट्टराई, गंगा बस्नेत, बिनोद पाण्डे संस्थाका पदाधिकारी,सदस्यहरु तथा सर्वसाधारणहरु गरि ४५ जनाले रगतदान गरेका छन् । रक्तदानमा सहभागि ६ महिलासहित सवै रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।
सोहि अवसरमा आयोजित निशुल्क दन्त शिविरमा ११० जनाको र ३१५ जनाको आखाँ परीक्षण गरिएको थियो । दन्त शिविर दमकको आमा डेन्टल ,आखाँ शिविर मेची नेत्रालय दमक र रक्तदान भने दमककै नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको संस्थाका सचिव खमेश्वर उपाध्यायले बताए ।
संस्थाले समुदायमा आधारित टोलमा विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

 

Leave a Reply

Your email address will not be published.