पथरीशनिश्चरे, २७ माघ । ट्रकको ठक्करबाट मोरङ,पथरीशनिश्चरे -१० निवासी सामाजिक अगुवा श्रीप्रसाद खावा लिम्बूको निधन भएको छ ।मोरङको पथरीशनिश्चरे -१ स्थित राजमार्ग नजिकै आज शनिबार बिहान ८ बजे मोटरसाईकलमा सवार लिम्बूलाई पश्चिमबाट पूर्वतिर आउदै गरेको ना ४ ख ७०७४ नम्बरको ट्रकले ठक्कर दिदाँ उनको निधन भएको हो ।ठक्कर पछि घाईते भएका श्रीप्रसादलाई नजिकैको उर्लावारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुर्याइएको थियो । त्यहाँका डाक्टरले गंभिर घाईते भएका उनलाई मृत घोषणा गरेका थिए ।
ईलाका प्रहरी कार्यालय पथरीले ठक्कर दिने सो ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानसहित कार्वाही अगाडि बढाईएको पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले जानकारी दिए ।
मृतक लिम्बु गएको स्थानीय निर्वाचनमा राप्रपा दलको तर्फबाट उम्मेदवार समेत बनेका थिए । मृतकका परिवारका छोरा छोरी हङकङ तथा अन्य विदेशमा भएकाले आफन्तहरुले भने शव बुझ्न मानेका छैनन् । हाल मृतकको शव मदन भण्डारी ट्रमा सेन्टरको शव गृहमा राखिएको छ ।