दमक, २५ माघ । नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकले निर्वाचित परिषदका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।परिषदले आज दमक- १ स्थित दुर्गा मन्दिर परिसरमा एक कार्यक्रमका बीच उनीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो । उनीहरुलाई दमक नगरपालिकाका प्रमुख तथा स्काउटका संरक्षक रामकुमार थापाले सपथ ग्रहण गराएका थिए। गत माघ २२ गते स्काउट मास्टर वीच भएको निर्वाचनवाट नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकको आयुत्तmमा साजन श्रेष्ठ चयन भए भने सदस्यहरुमा पुरुष तर्फ किरण बुढाथोकी, तनिसक थापा,प्रदिप खड्का र विपल लुहार चुनिएका छन् ।
यसैगरी महिलातर्फ मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल,अदिति निरौला र आरती श्रेष्ठ रहेको स्थानीय स्काउट परिषद दमकको तदर्थ समितिका संयोजक तथा हिमालय मावि दमकका पूर्व प्रधानध्यापक ओम प्रसाद आचार्यले जानकारी दिए। कार्यक्रममा सुनुवार र खड्कालाई पदक प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख थापा,नेपाल स्काउट राष्ट्रिय तालिम दलका प्रशिक्षक सकुन्तला सुब्बा, किरण बुढाथोकी र सुनम सिग्देलले स्काउटको विषयमा धारणा राखेका थिए । स्टाउट रेन्जर आकृति बस्नेतलेले जानकारी दिनु भयो । तीन तहको सरकार बनेपछि अहिले प्रत्येक पालिकामा रहेका स्काउट मास्टरवाट नेतृत्व चयन गरी स्काउट स्थानीय स्काउट परिषद गठन हुदै आएको छ ।