दमक,८ माघ । दमकमा सामाजिक कार्यमा क्रियाशील महिलाहरुद्धारा सञ्चालित सुन्दर समाज नेपालले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाको गतिविधिलाई सहज बनाउन दमक -५ स्थित लक्की इन्टेरियर डेकुरेट भएको भवनको दोस्रो तल्लामा कार्यालय सञ्चालनमा ल्याएको हो ।
आइतवार एक कार्यक्रमका बीच सो कार्यालयको दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले उद्घाटन गरिन् । उद्घाटनका क्रममा उपप्रमुख भट्टराईले समाज रुपान्तरणमा सबैको उपस्थिति र सकृयता आवश्यक भएको औल्याईन् । उनले सुन्दर समाज नेपाललाई आफ्नो नाम जस्तै काम गरेर देखाउन शुभकामना दिईन् ।
उद्घाटन कार्यक्रममा सहभागिहरुले समाजमा देखिएका विभिन्न बिकृति र बिसङ्गतीका विरुद्धमा एकतावद्ध भएर जुट्ने प्रतिवद्धता जनाए । संस्थाकी अध्यक्ष बिन्दु सिटौला (लक्की ) , समाजकी संस्थापक संयोजक रुपा सेलिङ राईले समाजले महिला, बालबालिका, उत्पीडन तथा समस्यामा परेका समुदायमा बिभिन्न परोपकारी काम गर्दै आएकोमा अझ सक्रिय भएर सेवामा केन्द्रीत हुने प्रतिवद्धता जनाईन् । कार्यक्रममा दमक २ का वडाअध्यक्ष प्रजापति सापकोटा लगायत विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
नेतृ काफ्लेलाई सम्मान
कार्यक्रमको उद्घाटनमा सामाजिक अगुवा दुर्गा खनाल (काफ्ले)लाई समाजले सम्मान समेत गरेको छ । काफ्लेले विप्पन्न बालबालिकाको शैक्षिक स्तर बृद्ध गर्न गरिरहेका कामको उच्च कदर गर्दै उनलाई दोसल्ला प्रदान गरि सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।
नगरकी उप प्रमुख भट्टराई, समाजकी अध्यक्ष सिटौलासहितका पदाधिकारीले दोसल्ला ओडाई सम्मान पत्रद्धारा सम्मान गरेका हुन् ।