क्याम्ब्रिजद्धारा दमकमा शैक्षिक परामर्श सम्पन्न

दमक ,८ माघ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श दिदै आएको दमक क्याम्ब्रिजले क्यानाडा पढ्न जानका लागि सोमबार शैक्षिक परामर्श कार्यक्रम गरेको छ ।विगत एकदशकदेखि उच्च शिक्षाका लागि क्यानाडा, यूके, अष्ट्रिलया ,न्यूजील्याण्ड,अमेरिका,दक्षिण कोरिया लगायतका देशका उत्कृष्ठ कलेजहरुमा परामर्श सेवा दिदैआएको क्याम्ब्रिजले दमक र उर्लावारी शाखा कार्यालयमा एकैदिन शैक्षिक परामर्श कार्यक्रम सञ्चालन गरेको क्याम्ब्रिज दमक शाखाका प्रमुख निश्चल सिम्खडाले बताए ।
दमक ५ वेलडाँगी रोडको आफनै कार्यालयमा भएको सो कार्यक्रममा क्यानाडाबाट विभिन्न यूनिभरसिटी तथा कलेजमा अध्ययनका लागि सहजीकरण गरिआएकी प्रतिनिधि तारा गुरुङले उच्च शिक्षा अध्ययनका लागि क्यानडाकाका विभिन्न कलेजका विषयमा सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुले उच्च शिक्षा अध्ययनका विषयमा विभिन्न जिज्ञासाहरु समेत राखेका थिए ।
कार्यक्रममा क्यानाडा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा उनका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.