जसपा झापाको अध्यक्षमा पुनः राई

झापा, ७ माघ। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । आज बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।राईनै जिल्ला अध्यक्ष रहेका थिए ।
समितिको उपाध्यक्षद्धयमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बू, सचिवमा रोम घिमीरे, उपसचिवद्धयमा चिजा राई, धर्म गुरागाई र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ् लिम्बू चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत राजनीतिक समिति सदस्यहरु जयराम यादव, निर्मला तावालगायत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.