दमक ,६ माघ । दमक- ९ स्थित इटाभट्टा टोल विकास संस्थाको अध्यक्षमा युवा व्यवसायी युवराज कोइराला चुनिएका छन् । टोल विकास संस्थाको मोरङको पथरीस्थित पर्यटकीस्थल भुल्केमा सम्पन्न पारिवारिक बनभोजसहितको आठौ बार्षिक साधारणसभाले कोइरालाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा युराज घिमिरे,हरि सिग्देल, सचिवमा तेजु श्रेष्ठ ,सहसचिवमा महेन्द्र आङदेम्बे,कोषाध्यक्षमा अन्जु सेढाई चुनिएका छन् । यसैगरि, समितिको सदस्यहरुमा सुनिता सापकोटा, गंगा गुरुङ, कृष्णमाया बुढाथोकी,मिना मगर,घनेन्द्र नेपाल,शान्ता भटटराई,बबिता अधिकारी,इन्दिरा निरौला,अमृता मगर ,घनश्याम गौतम लगायत रहेका छन् । टोलमा ५० वटा घरधुरी आबद्ध छन्। संस्थाले टोल विकासका विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएको छ ।