टिपर दुर्घटना हुदाँ तेह्रथुममा दुई जनाको मृत्यु, तीन घाइते

तेह्रथुम ,३ माघ । जिल्लाको लालीगुराँस नगरपालिका वडा न. ९, काँडेमा टिपर दुर्घटना हुँदा झापाका एकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका(१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादी नगरपालिका(४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका अनुसार म्याङलुङ(बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी ६स्३० बजे सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइते उनीहरुलाई उपचारका लागि बसन्तपुर अस्पताल पुर्‍याइएको थियो ।

थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा परेका सबै जना घाइते भएकाले चालक को हो भनेर पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । चालकको लापरवाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published.