दमक,१ माघ । नवौं राष्ट्रिय योग दिवश दमकमा आज मनाईएको छ । पातञ्जल योग समिति दमकको आयोजनामा भएको उक्त कार्यक्रम ू गरौ योग रहौं निरोग ू भन्ने नाराका साथ पातञ्जल योग समिति दमक ,जीवन बिज्ञान दमक र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले संयुक्त रुपमा योग दिवश मनाएका हुन् । कार्यक्रममा जीवन बिज्ञानका कोसी प्रदेश सल्लाहाकार लक्ष्मण न्यौपानेले योगको महत्वको बारेका प्रकाश पारेका थिए भने दमक नगर पालिका वडा न ६ का वडाअध्यक्ष टेक बहादुर थापाले योग दिवसको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा पातञ्जल योग समितिबाट केन्द्रिय सदस्य हेमन्ती देवी गजुरेल , प्रदेश सचिब लोकनाथ गजुरेल ,प्रदेश सदस्य सोमनाथ खनाल,जिल्ला सदस्य मिना खनाल लगायतको उपस्थिति रहेको थियो भने जीवन बिज्ञानको तर्फबाट जीवन बिज्ञानका प्रशिक्षकहरु पुष्पा न्यौपाने, पूर्णप्रकाश निरौला,श्रीप्रसाद राई,जानुका राई ,सदस्यहरु ओमप्रसाद खनाल,लाल बहादुर सापकोटा,हेमकुमारी काईराला , कृष्ण थापा, तुलसा खनाल,युवकला सापकोटा र ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानबाट केन्दिय अध्यक्ष दुर्गाप्रसाद पौडेल, सचिव जीबराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा पतञ्जली योग समितिका साधकहरुको समेत उपस्थिति रहेको थियो ।
आयोजकको तर्फबाट लिलावन भारतीले स्वागत गरेको उक्त कार्यक्रम पातञ्जल योग समिति दमकका अध्यक्ष अम्मर बस्नेतको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव ताराप्रसाद गौतमले गरेका थिए ।
योग साधना शिविरमा वडाको सहयोग
दमक १० मा संचालित योग साधना शिविरलाई वडा कार्यालयले आवश्यक सामाग्री प्रदान गरेको छ ।वडाअध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले योग साधना समिति दमक १० का संयोजक अम्बिकाप्रसाद खनाललाई सहयोगी सामाग्री हस्तान्तरण गरे । महिला पतन्जली योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौलाको प्रमुख उपस्थितिमा योग ध्यान शिविरका लागि आवश्यक म्याट हस्तान्तरण गरिन्।
दमक १०को इन्द्रेणी ताल नजिकैको राधा कृष्ण मन्दिर परिसरको सामुदायिक भवनमा यहि पुस १ गतेबाट स्थानीय ईन्देणी क्लवको आयोजना योग ध्यान साधना शिविर सन्चालन हुँदै आएको समितिका सदस्य सचिव पदम प्रसाद न्यौपाने( पिताम्बर )ले जानकारी दिए ।
शिविरमा सो वडाका ५० बढी स्थानीयको प्रत्यक्ष सहभागिता रहदै आएको आयोजकले जनाएको छ ।