दमक,२९ पुस ।होलसेल ब्यवसायी संघले दमकको पशुहाटमा सञ्चालन गरेको सस्तो बजारमा ३० हजार मानिसले अवलोकन गरेको जनाएको छ ।दमक -७ स्थित पशुहाटमा गत पुस २२ गतेदेखि २९ गते सम्म सञ्चालित सस्तो बजारमा ३० हजार मानिसले अवलोकन गरेको हो । गतवर्ष भने होलसेल ब्यवसायी संघ दमकले नै आयोजना गरेको सस्तो बजारमा भने २०हजार जतिले मात्र अवलोकन गरेको संघका अध्यक्ष रामप्रसाद रिमालले बताए ।
८ दिन सम्म चलेको सस्तो बजारमा कारोवार सन्तोषजनक रहेको उनको भनाई छ ।सस्तो बजारमा जुत्ता,चप्पल,ब्याग,रेडिमेड कपडा,इलोक्टोनिक्स र कस्मेटिक लगायतका सामाग्री सरल मूल्यमा ४० वटा स्टालले खरिद बिक्री गरेको होलसेल ब्यवसायी संघ दमकले जनाएको छ ।
रक्तदानमा ६२ पिन्ट रगत संकलन
संघले सस्तो बजारको समापन कार्यक्रमको अवसरमा आयोजना गरेको खुला रक्तदानमा ६२ पिन्ट रगत संकलन भएको छ । सस्तो बजार परिसरमा आयोजित रक्तदान कार्यक्रममा १३महिला सहित ६२ जनाले रक्तदान गरेको संघका सचिव रमेश खतिवडाले बताए ।
रगतदातालाई कार्यक्रमका प्रमुख अतिथि दमक ७ का वडा अध्यक्ष भीम पौडेलले प्रमाण पत्र प्रदान गरे । रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकको रहेको थियो ।